काठमाडौँ । कानून, न्याय तथा मानव अधिकार समितिले तीनकुनेमा राजावादीहरुको प्रदर्शनका क्रममा भएका २ जनाको मृत्यु भएको घटनासम्बन्धमा गृहमन्त्री रमेश लेखकलाई बोलाउने भएको छ।

यही चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीहरुले प्रदर्शनका क्रममा दुई जना नेपालीको मृत्यु भएको भन्दै घटनाबारे जानकारी लिन गृहमन्त्री लेखकलाई बोलाउने निर्णय भएको सभापति विमला सुवेदीले बताइन्।



समितिको आगामी बैठकमा उक्त घटनाबारे थप छलफल गर्ने पनि उनले बताइन्।
प्रतिवेदन सर्वसम्मत पारित
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० सम्बन्धी समितिको मस्यौदा प्रतिवेदन, २०८१ लाई सामान्य संशोधनसहित समितिको प्रतिवेदनको रुपमा सर्वसम्मतिले पारित गरेको छ।
बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले समितिको मस्यौदा प्रतिवेदन, २०८१ लाई सामान्य संशोधनसहित समितिको प्रतिवेदनको रुपमा सर्वसम्मतिले पारित गरेको हो।