कञ्चनपुर । कञ्चनपुरमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।



आइतबार साँझ बेलडाँडी गाउँपालिका–३ खैरिघाटमा बेलडाँडीबाट कलकत्ता जादै गरेको बसको ठक्करबाट स्थानीय मिन बहादुर कुँवरका २ वर्षीय छोरा सुशान्तको मृत्यु भएको हो ।
बालकलाई सुपप्र ०१–००१ ख ३६१० नम्बरको ज्ञानसाधना बोडिङ स्कुलको बसले ठक्कर दिएको थियो ।
सुशान्त्को घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटना पछि बस प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् ।













