सुखड । कैलालीको घोडाघोडी नगरपालिका ६ बस्ने त्रेत बहादुर डगौरा को छोरा निशान्त डगौरा ए प्लास्टिक एनिमिया रोगले ग्रसित रहेका छन् ।

विगत लामो समयदेखि उपचार भईरहेको निशान्त उपचार हाल भारतको निजाम्स हस्पिटल एण्ड मेडिकल साइन्समा उपचार भइरहेको उनको पारिवारिक श्रोतले जनाएको छ ।

लामो समय देखि उपचारमा खर्च भइरहेको हाल आएर वोन म्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने भएकोले घरको आर्थिक अवस्था निकै कमजोर हुँदा उपचार गर्न निकै गाह्रो भएकोले अहिले निशान्तको ज्यान बचाउनको लागि परिवारले सम्पूर्ण सहयोगी तथा सरोकारवालाहरुलाई सहयोगको अपील गरेका छन् ।

परिवारको आर्थिक अवस्था निकै कमजोर नाजुक रहेकोले को ए प्लास्टिक एनिमिया रोगले अहिले भारतमा उपचाररत निशान्तको उपचारमा सहयोग गरिदिन घोडाघोडी नगरपालिका ६ नम्बर वडा कार्यालय बाट सहयोगको सिफारिस लिई सम्पूर्ण सहयोगिदाताहरुलाई सुखडमा रहेको लक्ष्मी सनराइज बैंक लिमिटेडमा रमिता डगौराको नाममा रहेको खाता नम्बर ०४७१६०२९२१०२३००१ मा सक्दो सहयोगको लागि अपिल गरिएकोछ ।