सुखड। कैलालीको घोडाघोडी नगरपालिका ८ मैनापोखारी स्थित मैनापोखरी सामुदायिक वनको ११ बार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार वनको अध्यक्ष प्रेम लाल थारुको सभाध्यक्षमा उक्त कार्यक्रम सम्पन्न भएको हो

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष बिर बहादुर साउद रहनुभएको थियो भने, विशिष्ट अतिथिमा वडा सदस्य अप्सरा सुनार, माओबादी पार्टीका घोडाघोडी नगर अध्यक्ष करण बोहोरा रहनुभएको थियो। अतिथिमा लठुवा सामुदायिक बनका सचिब कपिल सापकोटा, बुद्धिजिबी समाज सेवी मन बहादुर बिस्ट आम्फाता गाउँको भल्मन्सा लौटन चौधरी,जराही सामुदायिक बनको व्यबस्थापक चन्द्रा साउद, बुद्धिजिबी समाज सेवी कलम चौधरी रहनुभएको थियो।

कार्यक्रममा लठुवा सामुदायिक वन उपभोक्ता समूहका सचिब कपिल सापकोटाले उपभोक्ताको जिबन स्तर उकास्नको लागि शिप मुलक तालिम तथा रोजगार सम्बन्धि यस सामुदायिक वनलाई कार्यक्रम गर्ने बारे आग्रह गर्नुभएको छ। उहाले सामुदायिक वन प्रति वडा सरकारको ध्यान आकर्षण नभएको भन्दै वडा सरकारकै मातहतमा सामुदायिक वन संचालन हुने भएकोले वडा सरकारबाट कुनै सल्लाह सुझाब नआएको भन्दै गुनासो पनि व्यक्त गर्नुभएको छ। सापकोटाले बिश्वमा कार्वनको अभाब भैरहेको अवस्थामा वन जोगाई राख्नलाई सबैलाई आग्रह गर्नुभयो।

यसै गरेर बुद्धिजिबी समाज सेवी मान बहादुर बिष्टले उपभोक्ताहरुले वनबाट बिभिन्न लाभहरु लिदैगर्दा वन भित्र बन्य जन्तुहरु लोप संगै बिभिन्न क्षेती भैरहेको बताउनुभयो। उहाले जंगली जनावरको पनि संरक्षण गर्नको लागि समितिलाई समयमै सचेत हुन आग्रह गर्नुभयो। बिष्टले यस क्षेत्रमा रातीको समयमा चोरी जस्ता अपराधिक घटना भैरहने हुन्थ्यो तर यस समुदायले सडक बत्ती जडान गरेकोले त्यस्ता प्रकारको घटना कम भएको बताउनुभयो।

बिष्टले यस वनले आफ्नो क्षेत्र भित्र क्रमिक रुपले काम गर्दै वन जोगाउन तथा उपभोक्ताको जिबन स्तर उकास्न तीर लाग्न आग्रह गर्नुभएको छ।

घोडाघोडी नगरपालिका अन्तर्गतका समुदायिक वन मध्येको एउटा नमूना वनको रुपमा स्थापित यस उपभोक्ता समितिले बन मार्गदर्शन २०८१ को अनुच्छेद ३ मा उल्लेख भए बमोजिम बिपन्न, एकल महिला, दलित आदिवासी जनजाती एबम् पिछडिएका सीमान्तकृत समुदायको आर्थिक स्थिति उकास्न कुल आम्दानीको ३५ % रकम खर्च गरेकाे देखिन्छ। र उपभोक्ता समितिका कोषाध्यक्ष कन्चन चौधरीद्वारा आर्थिक वर्ष २०८०/८१ मा २२ लाख ६७ हजार ३ सय ४५ रुपैयाँ ९० पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।