धनगढी । सुदूरपश्चिम प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा आजबाट सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रसँग सहकार्य गरेर प्रदेश सरकारले यो सेवा सुरु गरेको हो ।



“यो सहकार्य प्रदेश सरकारले अस्पतालहरूसँग पनि गर्न सक्दथ्यो”, मुख्यमन्त्रीले भन्नुभयो,“तर रेडक्रस अझ बढी विश्वासिलो संस्था रहेकाले सरकारले रेडक्रससँग सहकार्य गरेको हो ।” प्रदेश सरकारले सुम्पेको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न उहाँले रेडक्रसकर्मीहरूलाई आग्रह गरे ।
यसैगरी सामाजिक विकास मन्त्री मेघराज खड्काले निःशुल्क रक्त सेवाले विपन्न वर्ग लगायतका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । । प्रदेशमै सबैभन्दा बढी १०७ पटक रक्तदान गर्नु हुने दीपक उपाध्यायलाई सो अवसरमा रक्तदान सद्भावना दूत नियुक्त गरिएको छ ।













