काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन्।

CP-HOSPITAL

पत्रकार महासंघले काठमाडौंमा शुक्रबार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भ्रष्टाचारमा अनुसन्धान गर्न सबै सहमत हुनुपर्ने बताए। ‘जहाँ भ्रष्टाचार भएको छ, समाजले मानेको छ, सदनमा प्रश्न उठेको छ, इमान्दारिताका साथ अनुसन्धानमा लाग्न जरूरी छ, सहमति त्यसको निम्ति हुनुपर्छ,’ अध्यक्ष दाहालले भने।

उनले सरकारमा हुँदा एउटा कुरा, बाहिर हुँदा अर्को कुरा आफूले नगरेको पनि दाबी गरे। ‘मैले कम्तिमा पनि पछिल्लो कार्यकाल भ्रष्टाचारका विरूद्ध, सुशासनका पक्षमा, सामाजिक विभेदका विरूद्ध, सामाजिक न्यायको पक्षमा आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारितापूर्वक गरेँ। मैले सरकारमा हुँदा जे बोलेको थिएँ, जे गरेको थिएँ, अहिले बाहिर आउँदा पनि मैले त्यही बोलेको छु,’ उनले भने, ‘कहिलेकाहीँ शब्द तलमाथि पर्नसक्छ, किनभने म अलि भावुक छु भन्ने नेपाली समाजले बुझिसकेको छ।’

उनले नियत र निष्ठा भने सफा रहेको कुरा विस्तारै जनताले बुझ्दै गएको उनको भनाइ छ। न्युज एजेन्सी नेपाल