जोशीपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जोशीपुर गाउँपालिका वडा नं ६ को दोश्रो वडा सम्मेलन बाट सर्वसम्मत पदाधिकारी निर्वाचित भएका छन् ।

वडा सम्मेलन बाट अध्यक्षमा पुनः भोजराज डगौरा निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा भीम बहादुर चौधरी सचिवमा अनिल चौधरी कोषाध्यक्षमा सुरेन्द्र कुमार बडायक र सह-सचिवमा मञ्जु कठरिया सर्वसम्मत निर्वाचित भएको निर्वाचित अध्यक्ष भोजराज डगौराले बताउनु भयो ।

यस्तै वडा नम्बर ३ को अध्यक्षमा राम प्रकाश डगौरा वडा नम्बर ५ को अध्यक्षमा राम चन्द्र चौधरी र ७ नम्बर अध्यक्षमा अनिल प्रसाद चौधरी निर्वाचित भएको जनाइएको छ ।