धनगढी  । धनगढीमा पुलमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका ७ बेली पुलमा सुदूरपश्चिम प्रदेश ०१०११ प ७८९७ नम्बरको मोटरसाइकल ठोक्किँदा बुधबार चालक कैलारी गाउँपालिका ७ रतनपुरका ३४ वर्षीय मनोज चौधरीको मृत्यु भएको हो ।

मोटरसाइकल आफै अनियन्त्रित भई पुलमा ठोक्किएको प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई निसर्ग अस्पताल धनगढी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्रसिंह बोहराले बताए ।