धनगढी । कैलालीको धनगढीमा कित्ताकाट गर्दा नयाँ सडकको १० मिटर लगतकट्टा गर्न थालिएको छ।

CP-HOSPITAL

धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि, २०८० अनुसार नयाँ प्लटिङमा १० मिटरको सडक कायम गर्न थालिएको हो। कार्यविधिअनुसार धनगढीमा जग्गा प्लटिङ गर्दा सडकको चौडाइ १० मिटर अर्थात् ३३ फिट हुनुपर्ने मापदण्ड तोकिएको छ। सोही मापदण्डअनुसार धनगढी उपमहानगरपालिका–५ की पुष्पादेवी सिंहले नयाँ सडक खोल्दा १० मिटरको सडक कायम गरेकी छन्।

धनगढीका जग्गा व्यवसायीले उपमहानगरले जग्गा प्लटिङ सम्बन्धी कार्यविधि बनाएपछि विरोध गरेका थिए। सडकको चौडाइ २० फिटबाट बढाएर १० मिटर हुनुपर्ने मापदण्डको जग्गा व्यवसायीले विरोध गरेका थिए। कार्यविधि विरुद्ध उनीहरुले सर्वोच्च अदालतमा रिट नै दायर गरेका थिए।

उपमहानगरले नयाँ प्लटिङमा २० फिट सडक मात्रै कायम हुँदा आधुनिक सहर निर्माणका लागि बाधक हुने भन्दै नयाँ बन्ने सडकहरू १० मिटर बनाउनुपर्ने भन्दै कार्यविधि ल्याएको थियो। वडा नम्बर ५ की उषादेवी सिंह कार्यविधि अनुसार सडकको लगतकट्टा गर्ने पहिलो सेवाग्राही बनेको उपमहानगरपालिकाले जनाएको छ।