धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते भएका छन्।



धनगढी उपमहानगरपालिका–१५ कनरीमा सोही ठाउँका इन्द्रबहादुर लुहारले चलाएको सुदूरपश्चिम प्रदेश ०१०११ प ४३१४ नम्बरको मोटरसाइकलको ठक्करबाट दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले बताए।
घाइते हुनेमा कनरीका ४० वर्षीय सुशील चौधरी र ३५ वर्षीया गौरी चौधरी रहेका छन्। चालकको टाउकोमा चोट लागेको छ भने सुशीलको घुँडा, छाती, हातमा चोट लागेको छ। गौरीको पनि टाउको, छातीमा चोट लागेको जनाइएको छ। तीनैजनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइन्छ।













