धनगढी ।कैलालीको धनगढी उपमहानगरपालिकाले ८३ प्रतिशत बजेट खर्च गरेको छ। उपमहानगरपालिकाले गत आर्थिक वर्ष ८२ दशमलव ८३ प्रतिशत बजेट खर्च गरेको हो।

Oplus_16908288

उपमहानगरपालिकाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ९५ करोड चार लाख २१ हजार दुई सय १८ रुपैयाँमध्ये एक अर्ब ६१ करोड ५५ लाख ७३ हजार सात सय २४ रुपैयाँ खर्च भएको छ। पुँजीगततर्फ ७९ करोड ६८ लाख ३९ हजार ४३१ रुपैयाँमध्ये ६१ करोड सात लाख ९१ हजार १२८ रुपैयाँ खर्च भएको छ।

उपमहानगरपालिकाले विकास बजेटको ७६ दशमलव ६५ प्रतिशत गत आर्थिक वर्षमा खर्च गरेको हो। चालुतर्फ एक अर्ब १५ करोड ३५ लाख ८१ हजार सात सय ८७ रुपैयाँ बजेट विनियोजन गरिएकोमा एक अर्ब ४७ लाख ८२ हजार पाँच सय ९६ रुपैयाँ खर्च भएको छ। गत आर्थिक वर्ष चालु बजेटको ८७ दशमलव १ प्रतिशत खर्च भएको छ। उपमहानगरपालिकाले विकास बजेट खर्चको प्रतिशत बढाउँदै लगेको पाइएको छ।