काठमाडौं । बार्सिलोना र स्पेनका लेजेन्ड आन्द्रेस इनिस्टाले ४० वर्षको उमेरमा व्यावसायिक फुटबलबाट संन्यासको घोषणा गर्ने भएका छन्।

Oplus_16908288

उनी पछिल्लो समय युएईमा एमिरेट्स क्लबसँग खेल्दै आएका छन्। उनले त्यसअघि जापानको भिसेल कोबेबाट पाँच वर्ष खेलेका थिए।

उनले २०१८ मा बार्सिलोना छाडेका थिए। । लिओनल मेसी, जाभी र सर्जियो बुस्केट्सको साथमा इनिस्टा बार्साको प्रसिद्ध एकेडेमी प्रणालीबाट उत्पादन भएका खेलाडी हुन्।

उनले बार्सिलोनाका लागि ६७४ खेल खेलेका थिए। उनले बार्सिलोनाबाट नौ ला लिगा उपाधि र चार च्याम्पियन्स लिगको ट्रफी उचालेका थिए।

स्पेनिस टोलीबाट उनले १३१ खेल खेल्दा दुई युरो कप र २०१० को विश्वकप जिते। उनले विश्वकपमा फाइनलमा नेदरल्याण्ड्सविरुद्ध अतिरिक्त समयमा  निर्णायक गोल गरेका थिए।

उनले आफ्नो मनपर्ने जर्सी नम्बरसँग मिल्ने मिति अक्टोबर ८ मा आफ्नो सन्यासको पुष्टि गर्नेछन्। पूर्व बार्सिलोना स्टार मेसी र बुस्केट्ससँग अमेरिकाको इन्टर मियामीमा उनी जाने बताइए पनि त्यहाँ उनी गएनन्। अब उनी बार्सिलोनाको प्रशिक्षण टिममा जोडिने आँकलन गरिएको छ।