धनगढी। अछाममा आज एक सुत्केरी महिलाको हेलिकप्टर द्वारा उद्धार गरिएको छ ।



ढकारी ६ का तपेन्द्र बहादुर शाहिकि ३१ बर्षिय श्रीमती कौशी कुमारी बुढा लाई सुत्केरी ब्यथा लागि लागे पछि ढकारी गाँउपालिका वडा नं ६ ढुङ्गाचाल्ना स्थित स्वास्थ्य चौकिमा ल्याईएकोमा त्यहाँ सुत्केरी हुन नसके पछि हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
उनको उपचारको लागि कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको अछाम प्रहरीले बताएको छ ।
ग्रामिण सडक खराब भएका कारण एम्बुलेन्स द्वारा उद्वार गर्न नसकिने भएकोले आज दिउसो २ बजेको समयमा नेपाली सेनाको हेलिकप्टर द्वारा सुर्खेत पठाएको बताईएको छ ।













