काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।

Oplus_16908288

यसको अर्थ मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा पर छ। मनसुनको सिजनमा उत्तर दक्षिण सरिरहेन न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सर्दा नेपालमा लगातार पानी पर्ने सम्भावना रहँदैन। सोमबार दिउँसो भारी वर्षाको सम्भावना नरहेपनि राति भने सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

त्यस्तै देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सोमबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा राति मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेश, मधेश  प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको हुने पनि पूर्वानुमान छ।