असोज २, बर्दिया । बर्दियामा एक महिलाको हत्या भएको छ ।

हत्याको आरोपमा बारबर्दिया नगरपालिका– ११ जब्दी बस्ने ४० वर्षीय पम्पु भनेर चिनिने शिवप्रसाद थारू पक्राउ परेका छन्। उनले बारबर्दिया नगरपालिका– ५ तर्कापुर बस्ने ३९ वर्षीया मीना थारूलाई उनकै घरमा गई टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए।

राति करिब १२:२० बजेको समयमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी मीनालाई उपचारका लागि नगर अस्पताल जयनगर पुर्‍याइएको थियो। उपचारको क्रममा चिकित्सकले १२:३० बजे चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए ।

आरोपी शिवप्रसादलाई बारबर्दिया नगरपालिका– ५  सिटीबरेली क्षेत्रमा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। प्रक्राउ परेका शिवलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले बताए ।