बौनिया । बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा सुरु भएको बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा चैत ११ गते आज चर्चित नायक पहल शाहको प्रस्तुति हुने भएको छ ।

कृषि ब्यापार ,संस्कृती र पर्यटनको बिकास : निर्माणाधीन सेती लोकमार्गको निकास भन्ने मुल नारा दिएको महोत्सवमा आज चैत ११ गते चर्चित नायक पल शाह , टेक बि सि ,उद्घोषिका रुपा जि एम लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।


चैत  ९ गते देखि १८ गते सम्म सन्चालन हुने महोत्सवमा गायक कमल खत्री ,चक्र बम, पशुपती शर्मा , शान्ती श्री परियार,  एलिना चौहान, गायिका अनु चौधरी , देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) मोडल रुबिना अधिकारी , शुशिला कार्की, गायिका तथा उद्घोषिका रुपा घर्तिमगर, मोडल रितु चौधरी कल्पना पाण्डे (कुशुम), र्‍यापर जगत तिरुवा,हास्य कलाकारहरु सहित सुदुरपस्चिमका चर्चित देउडा कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा एक दर्जन बढी कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन ।


महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ १ सय, बिद्यार्थीका लागि ५० र अशक्तका लागि छुटको ब्यवस्था गरिएको छ । साथै टिकट बाट उठेको प्रती टिकट १ रुपैयाँ बर्दगोरियामा रहेको सहारा घरलाई छुटाउने आयोजकले जनाएको छ ।