असाोज ७ कैलाली । नेपाली काँग्रेस बर्दगोरिया गाउँकार्य समितिको १५ औँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट गाउँकार्य समिति सभापतिमा कृष्ण बिष्ट पुनः निर्वाचित भएका छन् ।


साना किसान कृषी सहकारीको सभाहलमा सम्पन्न १५ औँ महाधिवेशनले पार्टीको गाउँपालिका स्तरीय संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो । सभापतिमा पुनः बिष्ट निर्वाचित भएसँगै उनलाई आगामी कार्यकालमा पार्टी संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने जिम्मेवारी प्राप्त भएको छ ।
यसअघि पनि बर्दगोरिया गाउँकार्य समितिको नेतृत्व सम्हाल्दै आएका बिष्ट नेपाली काँग्रेसका उर्जावान युवा नेताका रूपमा परिचित छन् । उनी १४ औँ महाधिवेशनअन्तर्गत बर्दगोरिया गाउँपालिकाको सभापतिमा निर्वाचित भएका थिए ।

महाधिवेशनबाट सभापति बिष्ट सहित गाउँकार्य समिति उपसभापतिमा प्यारेलाल चौधरी र निर्मला कुमारी कठरिया निर्वाचित भएका छन । सचिवमा यज्ञराज बन्तोला र सहसचिवमा बोटबहादुर चौधरी निर्बाचित भएका छन यस्तै अन्य पदाधिकारी तथा सदस्यसमेत चयन गरिएको निर्बाचन समिति संयोजक तेजराज जोशीले बताउनु भयो।
बर्दगोरियामा नेपाली काँग्रेसको संगठनलाई थप चलायमान बनाउँदै पार्टीभित्रको एकता, सहकार्य र संगठन विस्तार, स्थानीय जनतासँगको सम्बन्ध मजबुत बनाउने, युवा तथा नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्ने र संगठनलाई वडा तहसम्म थप सक्रिय बनाउने चुनौती नयाँ नेतृत्वसामु रहेको सहभागी नेता कार्यकताहरुको प्रतिकृया रहेको बताईएको छ ।
महाधिवेशनमा नेपाली काँग्रेसका स्थानीय नेता, कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि तथा शुभेच्छुकहरूको उत्साहपुर्ण सहभागिता रहेको थियो ।















