असोज ६ कैलाली । आशन्न नेपाली कांग्रेसको ऐतिहासिक १५औं महाधिवेशनको संघारमा असोज ३ गतेदेखि प्रारम्भ भएको महाधिवेशनमा बर्दगोरिया गाउँपालिका वडा न १ बाट क्षेत्रीय प्रतिनिधि (३५ वर्ष मुनि युवा) सर्वसम्मत सिफारिस हुनुभएका धिरज शाही सानो उमेरमै थुपै सामाजिक संघ संस्थाको नेतृत्व सहित आफ्नो व्यवसाय सम्हाल्दै आउनुभएको छ ।


२०६५ सालको ने वि संघ मा.बि. संयोजक टिकापुर सप्तऋषि मा. बि.,नेपाल तरूण दल बर्दगोरिया संयोजक, कम्प्युटर एशोसिएसन कैलालीको जिल्ला सदस्य (२०७० साल), सडकपुर बौनिया युवा क्लबको अध्यक्ष, बौनिया जेसीज बर्ष २०१९ को अध्यक्ष, नेपाल जेसीज बर्ष २०२० को राष्ट्रिय उपाध्यक्ष ईण्डिया, दुबई र जापानको बैदेशिक भ्रमणको अनुभब समेत भयका धिरज शाहीको पारिवारिक पृष्ठभूमि समेत कांग्रेसमा ३ पुस्ते लामो ईतिहास छ ।

बर्दगोरिया गाउँपालिकाबाट १ मात्रै महाधिवेशन प्रतिनिधि (३५ वर्ष मुनिको ) खुल्ला पुरुष पदका उम्मेदवार धिरज शाही उमेरले मात्र युवा नभएर सक्रियता र सामाजिक गतिविधिले समेत युवामा हुनुपर्ने विशेषता देखिन्छ । समाज परिवर्तन गर्न ब्यक्ति परिवर्तनबाट मात्र सम्भव छ भन्नु हुने धिरज शाही राजनीतिक उत्तेजनाले नभएर चेतनाले गर्नुपर्छ भन्ने स्पष्ट हुनुहुन्छ ।
शाहीले १५ औं ऐतिहासिक महाधिवेशनबाट निर्वाचित हुनुभएका वडा सभापति, वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि ज्यूहरूलाई हार्दिक बधाई सहित उत्कृष्ट कार्यकालको शुभकामना व्यक्त गर्दै ,तमाम क्रियाशीलको आस्थालाई आत्मसाथ गर्दै पालिका तह, प्रदेश सभा, क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि छनोटका लागि आउने पाँच वर्षलाई मध्यनजर गरि आफ्नो मन र मस्तिष्कको प्रचुर प्रयोग गरी आउँदा दिनहरूमा कत्ति पनि आत्मगलानी नहुने गरी स्वविवेक र स्वाभिमान सहित आफ्नो मताधिकार प्रयोग गरिदिनुहुन अनुरोध समेत गर्नुभएको छ ।














