बौनिया । कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन स्थानीय बिदा दिने भएको छ । गाउँपालिकाले सूचना जारी गर्दै पुस २० गते बसेको कार्यपालिका बैठकले माघीमा तीन दिन बिदा दिने निर्णय गरेको जनाएको हो ।





पालिकाले चौधरी भाषामै सूचना निकालेर बिदाबारे जानकारी गराएको छ । थारु समुदायको माघी पुस महिनाको अन्तिम दिनदेखि सुरु हुने भएकोले पुस २९, माघ १ र २ गते बिदा दिने निर्णय भएको बताइएको छ ।














