कन्चनपुर । कन्चनपुरमा रहेको महाकाली घाटबाट नदिजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता भएको छ । काठमाडौंको टाइगर–सगरमाथा जेभीले भ्याट रकम सहित ७ करोड ७७ लाखमा घाटको ठेक्का सम्झौता गरेको हो ।

ठेक्का सम्झौता भएसँगै भोलि देखि घाट खुल्ने भएको छ । ठेक्का प्रकृया सकिइसकेकाले आज देखि महाकाली नदीको घाट खुल्ने भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए ।

भीमदत्त र दोधारा–चाँदनी नगरपालिकाले संयुक्त रुपमा महाकाली नदीको प्राकृतिक श्रोत नदिजन्य पदार्थ (ढुङगा, गिट्टी, बालुवा तथा ग्राभेल आदी) को विक्रि शुल्क संकलन (रोयल्टी) का लागी ठेक्का खोलेका थिए ।