सागर चौधरी /बौनिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ४ ले रोडको छेउछाउमा पशु चौपाया नबाध्न अनुरोध गरेको छ ।


गाउँ भित्रका सडक छेउछाउमा गाईगोरु नबाध्न अन्य सामान नराख्न एक सुचना जारी गर्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर ४का वडा अध्यक्ष जगत बहादुर शाहि एक सुचना जारी गरेका हुन ।




वडा अध्यक्ष शाहिले भने साँघुरो सडक छेउछाउमा गाईगोरु बाँधेमा दुर्घटना हुने हुदा अब उपरान्त त्यस्तो नगर्न निर्देशन गर्दछु । बाटाघाटाहरु पानी पिच गर्नु पर्ने र बाटाघाटामा राखीने निर्माण सामाग्री , पराल तथा सडक छेउछाउमा बाध्द हुने समस्या जस्तै बाटो बिग्रनु जथाभावी पानी-पानी हुने र डुबानको समस्या उत्पन्न हुने हुदा सडक छेउछाउमा गाईगोरु नबाध्न ,नालामा तरकारी अन्नबाली र ढुङ्गा बालुवा नथुपार्न आग्रह गरेका छन ।

साथै सडक छेउछाउमा गाईगोरु ,पसु चौपाया र तरकारी बाली रोप्ने कार्यले सवारी साधन आवगमनमा समस्या सिर्जना हुने, र सडक छेउछाउ भत्किनुका साथै दुर्घटनाको जोखिम समेत रहने हुदा अब उपरान्त त्यस्तो कार्य नगर्न नगराउन सुचनामा उल्लेख गरिएको छ ।
