बौनिया। धनगढीमा एम्बुलेन्स चालक चरेससहित पक्राउ परेका छन् । बझाङबाट बिरामी लिएर आएका ००१०५४२ नम्बरको एम्बुलेन्सका चालक धनगढीको बोराडाँडीमा चरेससहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

चालकको नाम प्रहरीले खुलाइएको छैन । चरेस के कति मात्रामा थियो भन्ने विषय केही समयपछि मात्र थाहा हुने प्रहरीले बताएको छ । अहिले थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको छ ।