जेठ ५ काठमाण्डौ । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको संसदीय सुनुवाइ आज गर्ने भएको छ।

CP-HOSPITAL

समितिले जारी गरेको सूचनाअनुसार सुनुवाइ आज मंगलबार दिउँसो १ः३० बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा हुनेछ।

संसदीय सुनुवाइ समिति कार्यविधि, २०८३ बमोजिम सुनुवाइ प्रक्रिया अगाडि बढाइएको समितिले जनाएको छ।