वैशाख २२, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्ने भएको छ ।बैठक ललितपुरस्थित बीपी स्मृति भवनमा आज दिउँसो ३ बजेका लागि तय गरिएको हो ।



कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित) २०८० को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको यो पहिलो बैठक हो । बैठकमा उपस्थित हुनका लागि बोर्डका सबै सदस्यहरूलाई पार्टीले निर्देशन दिएको छ ।




















