भजनी । श्री शिव सिमल बाबा मन्दिर भजनी २ काटनपुरमा बनेको आश्रम आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

आश्रमको उद्घाटन वडा भजनी नगरपालिका वडा नम्बर -२ का अध्यक्ष दुर्गा बहादुर पुनले गर्नु भयो । भजनी नगरपालिका वडा नम्बर -२ कटानपुरमा निर्माण सम्पन्न भएको आश्रममा ६ लाख वडाको अनुदान र स्थानीयको श्रमदान बाट बनेको जनाइएको छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेटमा निर्माण भएको उक्त आश्रम अषाढ मसान्तमै सम्मपन्न भएको र आज विधिवत् रूपमा उद्घाटन गरिएको भजनी -२ का स्थानीय समाजसेवी अर्जुन सोनीले जानकारी दिनुभयो ।