कैलाली । नेपाली काँग्रस क्षेत्र नं. २ ले आफ्ना उम्मेदवार विजय बहादुर स्वाँरलाई विजयी गराउन घरदैलो अभियानलाई आक्रमक रुपमा तीव्रता दिएको छ ।



निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार तथा कार्यकर्ताहरू बिहानैदेखि साँझ अबेरसम्म मतदाताको घरघरमा पुगेर समर्थन मागिरहेका छन्। यसैबिच आज बर्दगोरिया गाउँपालिकाको वडा नं. १ मा घरदैलो अभियान सम्पन्न गरेको छ । घरदैलो अभियानका क्रममा उनीहरूले आफ्ना चुनावी एजेण्डा, विकासका प्रतिबद्धता र भावी योजनाबारे जानकारी गराउँदै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
वडा नं. १ को स्थानीय टोल–टोलमा प्रत्यक्ष मतदाता संग भेटघाट गरी उम्मेदवारलाई योग्य र सक्षम विकल्पका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्। कार्यकर्ताहरू व्यापक रूपमा परिचालन भई प्रचारप्रसार सामग्री वितरण, मतदाता भेटघाट तथा प्रचारलाई सशक्त बनाइरहेका छन्।
उम्मेदवारहरूले जनताको विश्वास जित्न भौतिक पर्वाधार विकास निर्माण, स्वास्थ्य शिक्षा, रोजगार तथा ब्यवसायिक वातावरण, खानेपानी, बिद्युत, कृर्षि र पर्यटन, खेलकुद र कला, यस्तै सुशासनलाई मुख्य प्राथमिकतामा राखेका छन्। मतदाताहरूले पनि उम्मेदवारसँग आफ्ना समस्या र अपेक्षाबारे खुलेर राख्ने अवसर पाएका छन्।
फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसले उत्साहजनक सहभागिता सहित क्षेत्र नं. २ मा भारी मतले विजयी हुने अपेक्षा गरिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न सरोकारवालाहरूले आग्रह समेत गरिरहेका छन् ।















