काठमाडौं । चुनावी वातावरणका लागि दलसँगको सम्बन्ध सुधारमा सरकारले गृहकार्य तीव्र पारेको छ । यसैक्रममा सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

महाराजगञ्जस्थित निवासमा खरेल अहिले छलफलमा छन् । खरेलको सचिवालयका अनुसार आजै उनले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रूपमा छलफल थालेको हो ।