धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनतालाई छिटोभन्दा छिटो सेवा प्रवाह गर्न र खर्च कटौतीको विवरण तयार गर्न निर्देशन दिएका छन् । बुधबार मुख्यमन्त्री निवासमा बसेको विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरूको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा मुख्यमन्त्री शाहले मन्त्रालयहरूको कामको प्रगति र हालैको ुजेनजी’ आन्दोलनका क्रममा भएको भौतिक क्षतिको समीक्षा गरेका हुन् । आन्दोलनका क्रममा धनगढीका सरकारी कार्यालय, सवारीसाधन तथा अन्य भौतिक संरचनामा ठुलो क्षति पुगेको थियो । आन्दोलनमा क्षति भएका केही कार्यालयहरू मर्मतपछि सञ्चालनमा आए पनि केही अझै बन्द अवस्थामा छन्।जसले गर्दा नागरिकले सेवा पाउन सकेका छैनन् ।

मुख्यमन्त्री शाहले बन्द रहेका कार्यालयहरूलाई छिटो सञ्चालनमा ल्याएर सेवा सुचारु गर्न र सबै मन्त्रालयलाई भोलिसम्ममा खर्च कटौतीको विवरण पेस गर्न निर्देशन दिएका हुन् । ुजेनजी’ आन्दोलनका क्रममा प्रदेशका विभिन्न जिल्लामा आगजनी र तोडफोड हुँदा करोडौँको क्षति भएको थियो ।