काठमाण्डौ । आज कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू–भागको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



गएराति पनि कोशी र गण्डकीका केही ठाउँमा मध्यम वर्षा भएको थियो । काठमाण्डौ उपत्यकासहित केही ठाउँमा यतिखेर भने घाम लागेको छ । हिजोदेखि मौसममा केही सुधार आएको हो ।








