बौनिया । नवज्योति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।



कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ जगतपुरमा रहेको विद्युत सहकारीले १७ औं साधारणसभा बाट कुल १९ लाख ४२ हजार १ सय ९५ रुपैयाँ ६१ पैसा बराबरको आयव्यय विवरण अनुमोदन गरेको छ ।



कार्यक्रममा सुदूपश्चिम प्रदेश सभा सदस्य निवर्तमान मन्त्री माननीय रामेश्वर चौधरी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रम लाई सम्बोधन गर्दै वहाँले यस क्षेत्रमा थुप्रै विकास निर्माणका योजनाहरू प्रदेश सरकारले सञ्चालन गरेको बताउनु भयो विशेषगरी कृषि क्षेत्रमा विभिन्न खाले कृषि कार्यक्रमहरु कार्यान्वयनको लागि स्थानीय पालिका सँग थुप्रै कार्यक्रमहरु विनियोजन भएको बताउनु भयो यस्तै मुक्तकमैया कम्लहरी हलिया दलित तथा पिछडिएका वर्गका लागि पनि आफू कृषि मन्त्री हुँदा थुप्रै कामहरु गरेको र आगामी दिनमा पनि सबै समुदायसंग समन्वय गरेर विकास निर्माणका कामहरुगर्ने प्रतिबद्धता जनाउनुभयो ।



यस्तै विशिष्ट अतिथीमा बर्दगोरिया गाउँपालिका ६ नम्बर वडा अध्यक्ष रामकृष्ण डगौरा थारु रञ्जित रहनुभएको थियो । वहाँले वडाले सकेसम्म विद्युत सहकारीहरुको विकासका लागि विभिन्न निकाय पालिका सँग सहकार्य गरेर विद्युतीकरणको लागि टोल टोलमा पोल वितरण देखि तार विस्तारको कामलाई अग्रसर भएर अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा संस्थाको तर्फबाट स्थानिय श्री पारस आधारभुत बिद्यालयलाई २ थान पंखा र कक्षा १ देखि ५ सम्म प्रथम र द्धितिय स्थान हासिल गरेका बिद्यार्थीहरुलाई कपी र सिसाकलम सहित पुरुस्कार प्रदान गरेका थिए यस्तै नियमित बिद्युत महशुल बुझाउने ५७ जना ग्राहकलाई सिएफएल बल्ब सहित पुरस्कृत गरिएको थियो ।
संस्थाका अध्यक्ष श्याम नारायण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष सीताराम चौधरीले स्वागत मन्तव्य दिनुभएको थियो ।
अगामी बर्षको कार्ययोजना सहितको प्रमुख एजेण्डाहरु सचिव डबल भुलले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमलाई हरेन्द्र चौधरीले सहजिकरण गरेका थिए ।


