बौनिया । बर्दगोरिया गाउँपालिका -६ मा रहेको श्री जम्नेहेता सामुदायिक बन उपभोक्ता समुहको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।



सभाले आर्थिक वर्ष २०८१/०८२ को कुल ५ लाख ४ सय ६८ रुपैयाँ ६८ पैसा बराबरको आयव्यय विवरण अनुमोदन गरेको थियो ।



सामुदायिक वनका अध्यक्ष तेतराम डगौरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका ६ नं वडा अध्यक्ष रामकृष्ण डगौरा थारु रञ्जित रहनु भएको थियो । यस्तै विशिष्ट अतिथिहरुमा ६ नं वडा सदस्य अमर सिंह दहित र सब डिभिजन बन कार्यालय सुखडका प्रतिनिथि गोकुल थापा रहनुभएको थियो ।



कार्यक्रममा जगतपुर गाउँ समाजका भलमन्सा जीवन डगौराको स्वागत मन्तव्य सँगै सुरुभएको कार्यक्रमको सहजीकरण हरेन्द्र चौधरीले गरेका थिए ।


