काठमाडौँ  । पछिल्लो ६ घण्टामा मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका धेरै स्थानमा वर्षा भएको छ।

CP-HOSPITAL

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा सुदूरपश्चिम प्रदेशको डोटी र डडेलधुरा, मधेस प्रदेशको सप्तरी तथा बागमती प्रदेशको सिन्धुपाल्चोकमा बढी वर्षा भएको हो।

बिहीबार बिहान एक सूचना जारी गर्दै विभागले वर्षा गराउने प्रणाली क्रमशः कमजोर हुँदै पश्चिमतर्फ सर्दै गएकाले अहिले वर्षा कम हुँदै गएको र तत्काल कुनै उल्लेखनीय खतरा नरहेको जनाएको छ।