काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र ठूलो आत्मविश्वास चाहिएको बताएका छन् ।

बुधवार काठमाडौँ नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कांग्रेस पार्टीभित्र ठूलो आत्मविश्वासको आवश्यकता रहेको भन्दै यसलाई नेपाली कांग्रेसले बिर्सिन नहुने बताए।

कांग्रेस नेपालको राष्ट्रिय शक्ति भएको कुरा भुल्न नहुने उनले बताए। नेपाली कांग्रेस चुनाव नलढेका वेला पनि राष्ट्रिय पार्टी भएको बताए। राष्ट्रिय शक्तिको जिम्मेवारी निर्वाह गर्ने पार्टी नै राष्ट्रिय पार्टी भएको उनको भनाइ छ।

राष्ट्रका अगाडि आएको सबैभन्दा ठूलो चुनौती बुझ्ने, छाम्ने, पर्गेल्ने र सम्बोधन गर्ने तागत राख्ने र हल गरेर अघि बढ्ने पार्टी नै राष्ट्रिय पार्टी भएको उनले बताए।

अहिले देशमा ठूलो असन्तुष्टि रहेको बताउँदै नेपाली समाजलाई यसबाट बाहिर निकाल्नुपर्ने उनले बताए। उनले कांग्रेसमा आत्मविश्वास शुद्धता चाहिएको पनि बताए।