नवलपुर । गैंडाकोटमा आइतबार स्कुटर र ट्रक ठोकिँदा दुई जनाको मृत्यु भएको छ। गैंडाकोट र भैसाखोरी बीचको जंगलमा ना ५ ख ८४१७ नम्बरको ट्रक र लु ५५ प ३१३४ नम्बरको स्कुटर ठोकिँदा दुई जनाको मृत्यु भएको प्रहरी कार्यालय नवलपुरले जनाएको छ। प्रहरीका अनुसार मृतकको सनाखत भएको छैन।

घटनास्थलमा नै रहेका जिल्ला प्रहरीका सूचना अधिकारी मधु नेपालले ट्रकमुनि दुईजना च्यापिएको अवस्थामा भेटिएको बताए। उनले आफूहरू उद्धारमा रहेको बताए। दुर्घटनाबारे अन्य विवरण आउन बाँकी छ।