धनगढी । कैलाली कारागारमा कैदीबन्दीले नियन्त्रणमा राखेका ब्लकहरूमा सुरक्षाकर्मी हतियारसहित प्रवेश गरेका छन्। शनिबार कैदीबन्दीका दुई समूहबीचको झडपपछि तनावग्रस्त बनेको कारागारमा सुरक्षाकर्मीलाई प्रवेश गर्न दिइएको थिएन।

CP-HOSPITAL

आइतबार अपरान्ह नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानव अधिकार आयोग प्रदेश कार्यालय, धनगढीको रोहबरमा कारागारभित्र प्रवेश गरेको हो। यसअघि कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका थिए।

झडपका कारण एक जनाको मृत्यु र ४९ जना घाइते भएका छन्। घटना भएको ४० घण्टापछि मात्र सुरक्षाकर्मी ब्लक ‘ए’ र ‘बी’ मा प्रवेश गरी भित्रको स्थितिबारे खोजतलास थालेका हुन्।

कारागारभित्र रहेका कैदीबन्दीको वास्तविक संख्याबारे अन्यौल रहेको भन्दै संयुक्त सुरक्षाटोलीले गणना प्रक्रिया पनि सुरु गरेको छ।