धनगढी । कैलाली कारागारका जेलर फेरिएका छन्।



जेलर बसन्त खत्रीको ठाउँमा जालन्धर भुसाललाई पठाइएको हो।



भुसाल भोलि दिउँसो ३ बजे कैलाली पुगेर आफ्नो कार्यभार सम्हालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। हिजो राति एक जनाको मृत्यु हुनेगरी कारागारमा झडप भएको थियो। सो झडपको क्रममा ४७ जना घाइते भएका थिए।





