कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले कारागारमा भएको झडपको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।



समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेका छन् । समितिलाई १० दिनको समय दिइएको छ ।



गएराति कैलाली कारागारभित्र भएको झडपमा एक जनाको ज्यान जानुकासाथै ४७ जना घाइते भएका छन् । घाइते ४७ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये गम्भिर अवस्थाका दुई जना आईसीयूमा छन् ।





