काठमाडौं । अवैधरूपमा खाडी पठाउन लागिएका ४० महिलाको भारतबाट उद्धार गरिएको छ । भारतस्थित नेपाली दूतावासले उनीहरूलाई उद्धार गरेको हो ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माका अनुसार, उद्धार गरिएका महिलाहरूलाई आजै नेपाल पठाइएको छ ।

“गैरकानुनी ढंगबाट भारत हुँदै घरेलु कामदारका रूपमा खाडी मुलुकहरूमा लैजान लागिएका ४० जना नेपाली महिलाहरूलाई राजदूतावासले उद्धार गरी आज नेपाल पठाएको छ,” राजदूत शर्माले भनेका छन् ।