धनकुटा । सरकारले राष्ट्रिय परिचयपत्र सबैलाई नागरीकलाई अनिवार्य गरेको छ । तर जिल्ला प्रशासन कार्यालय धनकुटामा आएर थन्किएको राष्ट्रिय परिचय पत्र वितरण सुस्त बनेको छ । सेवाग्रही कार्यलयमा आफ्नो परिचय पत्र लिन नआएका कारण वितरण पक्रिया सुस्त बनेको हो ।



प्रशासन कार्यालय धनकुटामा गत असार मसानतसम्म ४२ हजार नगरिकले राष्ट्रिय परिचय पत्रको फारम भरेका थिए । जसमध्ये २० हजार ४ सय २५ जनाको परिचयपत्र छापिएर प्रशासन कार्यलय आईपुगेको छ । हालसम्म ४ हजार नागरिकले मात्रै आफ्नो राष्ट्रिय परिचयपत्र लिएका छन् ।
अन्य बाँकी १५ हजार ५ सय २५ राष्ट्रिय परिचयपत्र वितरण गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाका सूचना अधिकारी खगेन्द्र सुवेदीले जाकारी दिनुभयो ।
परिचय पत्र आएर थन्किएको लामो समय भयो तर सेवाग्राही नआएका कारण वितरण सुस्त बनेको कार्यलयले जनाएको छ । राष्ट्रिय परिचयपत्र अनिवार्य भएपनि लिन नआएको पनि सूचना आव्हान गरेको प्रशासन कार्यालय धनकुटाले जनाएको छ । राष्ट्रि परिचयपत्रको फारम भर्न दैनिक ६०–६५ जना सेवाग्रही आउने कार्यलयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा दैनिक ३ सयभन्दा बढी सेवाग्राही आउने गरेका छन् । जसमा सवैभन्दा बढी राष्ट्रिय परिचय पत्रका लागि फारम भर्न आउने गरेका छनेभने अन्य राहादानी, नागरकिता र नागरिकता प्रतिलिपि लगायतका लागि सेवाग्रहीको आउने गरेका पाईएको छ ।













