काठमाण्डाै ।राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेशनल ल्यान्ड कभर म्याप २०२०/२०२२’ (राष्ट्रिय भू–ढकान नक्सा) आज राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गर्नुभएको छ ।

वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्वारा प्रकाशित भू–क्षेत्र नक्सा केन्द्रका निर्देशक डा. राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गर्नुभएको थियो । सार्वजनिक भएको नक्सामा उल्लेख विवरण अनुसार देशभर जङ्गलको क्षेत्र ४६ दशमलव ०८ प्रतिशत रहेको छ । त्यसमा बागमती प्रदेशमा ५८ दशमलव ६२ प्रतिशत रहेको छ ।

राष्ट्रपति पौडेलले नक्सा र कागजमा भएजस्तै वास्तविक रूपमै जङ्गल कायम हुनुपर्ने बताउनुभयो । उहाँले वनबाट कमाउने अभियान र वनमासाबाट वन जोगाउन सबै प्रकारका उपाय अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।