काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुर्व राष्ट्रपति बिधादेवी भण्डारी बिच भेटबार्ता भएको छ।

च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी ३ः२० मा प्रवेश गरे पनि प्रधानमन्त्री ओली भने दिउँसो ३ः५७ मा मात्र आफ्नो कार्यकक्षमा प्रवेश गरेका थिए, जहाँ भण्डारी अध्यक्ष ओलीलाई कुरिरहेकी थिइन् ।

पार्टी जिम्मेवारीमा फर्कने भण्डारीको चाहानामा ओली बाधक बनेको भन्ने चर्चा बिचमा यो भेटघाट भएकाे हो । हिजो मात्रै सम्पन्न एमाले पोलिटब्युरो बैठकले भण्डारीको सदस्यता नवीकरण नगरी पेन्डिङमा राखेको जानकारी दिएको थियो ।

तर, भोलिदेखी सुरू हुने केन्द्रिय समिति बैठक अगावै भण्डारी र ओली बीचको भेटबार्तालाई यतिखेर नेपाली राजनीतिमा अर्थपुर्ण तरिकाले हेरिएको छ। पूर्वराष्ट्रपति भण्डारी समर्थक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, कर्ण थापा र ओली समर्थक महासचिव शंकर पोखरेल रहेका थिए ।

भेटवार्ता’bout विस्तृत केही खुलाइएको छैन । यद्यपि भण्डारीको पार्टी सदस्य नवीकरण भएको एक वर्ष भइसकेको महासचिवले नै सार्वजनिक गरेको ईश्वर पोखरेलले सञ्चारकर्मीहरुलाई जानकारी दिएका थिए ।