अछाम । अछामको चौरपाटी गाउँपालिका–१ स्थित देवीस्थान आधारभूत विद्यालयलाई प्रारम्भिक बाल विकास केन्द्र तथा बालमैत्री कक्षाकोठा व्यवस्थापनका लागि सामाग्री हस्तान्तरण गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मालिका विकास संघ–नेपाल मार्फत सञ्चालित एकिकृत सामुदायिक विकास परियोजनाले चौरपाटी गाउँपालिकाको समन्वयमा उक्त विद्यालयलाई एक लाख ९१ हजार ३६८ रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको हो ।

हस्तान्तरण गरिएका सामाग्रीमा राउण्ड टेवल, पिफर्म, कार्पेट, बस्ने कुशन, स्मार्ट टिभी तथा अन्य सिकाइ सामग्रीहरू रहेको मालिका विकास संघ, नेपालका कार्यक्रम अधिकृत टिकाराम ढुंगानाले जानकारी दिए ।

सामाग्री हस्तान्तरण कार्यक्रम चौरपाटी गाउँपालिका अध्यक्ष भिम बहादुर साउँद, पूर्व वडा अध्यक्ष सालीभाने साउँद, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कुलबिर साउँद, गुड नेवर्स इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत श्री टेक बहादुर रावल, टिकाराम ढुंगाना ९मालिका विकास संघ(नेपाल०, विद्यालय प्रधानाध्यापक हर्क बहादुर साउँद, समाजसेवी लाल बहादुर साउँद लगायत, शिक्षक, अभिभावक तथा स्थानीयको उपस्थिति रहेको थियो ।

गुड नेवर्स इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत रावलले बालमैत्री कक्षाकोठाको व्यवस्थापनले बालबालिकाको सिकाइ वातावरणमा सुधार ल्याउने र गुणस्तरीय शिक्षामा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले हस्तान्तरण गरिएका सामाग्रीहरुको रेखदेख, उचित प्रयोग तथा व्यवस्थापनको लागि शिक्षक तथा अभिभावकहरुको जिम्मेवारी निकै महत्वपुर्ण रहने बताए ।

गाउँपालिका अध्यक्ष साउँदले पनि आगामी दिनमा परियोजनाले सञ्चालन गर्ने कार्यक्रमहरुमा पालिकाको निरन्तर सहयोग र सहकार्य रहने प्रतिबद्धता जनाए