नेपालगंज । बाँकेको होलिल्याण्ड इंगलिस माध्यमिक बिद्यालय नेपालगँज १० भृकुटीनगरमा यसै शैक्षिकसत्र देखि साईन्स र मेनेजमेण्ट बिषयको बिहानी सिफ्टमा कक्षा सञ्चालन हुने भएको छ ।

CP-HOSPITAL

बिशेष छात्रबृति परिक्षाको लागी बिद्यालयले ३.६ जिपिए भन्दा माथी गरिब खेलाडी बिद्यार्थीहरु तथा जेहेन्दार आर्थिक बिपन्न्न भएका बिद्यार्थीहरुका लागि छात्रबृतिको प्रबेश परिक्षा अषाढ २८ गते शनिबारका दिन बिहान १० बजे देखि सञ्चालन हुने एकेडेमिक कोर्डिनेटर सागर शर्माले बताए ।

शैक्षिकसत्र २०८२ का लागी १६औं ब्याचमा भर्ना प्रारम्भ भएसंगै स्थापनाको छोटो समयमै हाल बिद्यालयमा साईन्स, मेनेजमेण्ट, कम्प्युटर साईन्स, बिजनेश स्टडिज र होटेल मेनेजमेण्ट लगायतका बिषयहरुमा पढाईहरु सञ्चालनमा रहेको छ । बिद्यालयले अग्रिम भर्ना हुने हाल आएर थप ५० जना बिद्यार्थीहरुलाई निशुल्क भर्ना सहितको सुबिधा अहिले प्रदान गरिरहेको जनाएको छ ।