काठमाण्डाै । भूटानमा भएको १५औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई कार्यवाहक प्रकाशमान सिंहले बधाई दिनुभएको छ । शहरी विकास मन्त्रालयमा एक कार्यक्रमका बीच कार्यवाहक प्रधानमन्त्री सिंहले आज खेलाडीहरूलाई बधाई दिनुभएको हो ।



भूटानको थिम्पुमा गएको जेठ २८ देखि असार १ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ रजत पदक जितेको थियो । महिला एथ्लेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण र शिला ठकुरीले रजत पदक जितेकी थिइन् ।



यस्तै पुरुष ५५ केजी तौल समूहमा शरद् सुवाल र स्पोट्र्स फिजिक १ सय ७५ मुनिको समूहमा अवतार श्रेष्ठले रजत पदक जितेका थिए । यसैगरी स्पोट्र्स फिजिक १ सय ७५ माथिको समूहमा प्रनिश श्रेष्ठले पाँचौं भएका थिए ।





