धनगढी । हिजो शुक्रबार प्रकाशित एसईई परिक्षाको नतिजामा कैलालीको धनगढी उपमहानगरपालिका ८ मा रहेको एरिस्टो बोर्डिङ स्कुलका दुई विद्यार्थीले ४ जीपीए ल्याएका छन् विद्यालयका प्रिन्सिपल हरि क्षेत्रीका अनुसार गौरव उपाध्याय र प्रदीप गिरीले ४ जीपीए ल्याएका हुन् ।



४ जीपीए ल्याउनेमा धनगढीकै जेसीज एभरेष्ट स्कुलका जस्टिन चन्द, टीकापुरको युनाइटेड एकेडेमीका निखिल लोहार र गणेश बाबा इंग्लिस बोर्डिङ स्कुल टीकापुरका भुवन उपाध्याय भावना पनि रहेका छन् ।



यस्तै, जिल्लाको घोडाघोडी नगरपालिका १० पहलमनपुरमा रहेको पायोनियर्स एकेडेमीका रक्षा बुढाले पनि ४ जीपीए ल्याएकी छिन् ।
सामुदायिक विद्यालयतर्फभने धनगढी उपमहानगरपालिका ३ मा रहेको त्रिभुवन मावि बोराडाँडीका विद्यार्थी अशोक अवस्थीले ४ जीपीए ल्याएको शिक्षा तथा समन्वय ईकाइ कार्यालय कैलालीका सुचना अधिकारी प्रताप धामीले बताएका छन् ।













