काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा विपक्षी दलको बैठक बानेश्वरमा जारी छ।

CP-HOSPITAL

बैठक केहीबेर अघि सुरु भएको हो। बैठकमा माओवादीसँगै रास्वपाका सांसदहरू सहभागी छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएपछि विपक्षी दलका सांसदहरूले उनको राजीनामा र निष्पक्ष छानबिनको माग गर्दै संसद अवरोध गरिरहेका छन् ।

आज पनि १ बजे बस्ने भनिएको बैठक अझै सुरु भएको छैन। विपक्षी दलको बैठक यसै विषयमा केन्द्रित रहेको बुझिएको छ।