काठामाण्डौ । नेकपा (माओवादी केन्द्र)ले संसद्को गतिरोध अन्त्य गर्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। भिजिट भिसा प्रकरणमा छानबिनको विषय भएकाले यसलाई सकारात्मक निष्कर्षमा पुर्‍याउन सरकार र विपक्षी पार्टीहरूसँग कुराकानी गर्ने प्रवक्ता अग्नि सापकोटाले बताए।

केही समयदेखि विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिन समितिको माग राख्दै सदन अवरोध गर्दै आइरहेका छन्।

उनले आज गृहमन्त्रीको राजीनामाबारे भन्दा पनि छानबिन पार्टीको प्राथमिकतामा रहेको सुनाए।