काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ।

सिंहदरबारस्थित दल कार्यालय बैठक बसिरहेको एक सहभागीले जानकारी दिए। बैठकमा बजेट तथा अन्य समसामयिक विषयमा छलफल चलिरहेको छ।



गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् चल्न नदिने विपक्षीहरूको तयारी छ। मंगलबार संसद्मा बजेटबारे छलफल पनि छ।
मंगलबार संसद्मा कसरी प्रस्तुत हुने लगायत विषयमा रणनीति बनाउन बैठक बसेको हो।