काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छन् ।

केही दिनदेखि पेटको समस्या देखिएपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराई रहेकी थिइन् । बुधबार पनि जनमत पार्टीसँग एकता घोषणा कार्यक्रमको तयारी चलिरहँदा उनी अस्पतालमै थिइन् ।



नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि मात्र उनी अस्पतालबाट आएकी थिइन् । हिजो स्वास्थ्यमा सुधार देखिएको थियो, राती अचानक फेरि पेट दुख्न थालेपछि उनी विहान अस्पताल भर्ना भएकी सो पार्टीका महासचिव गंगाराम चौधरीले बताए ।
हिजो पार्टीको कामले दिनभर दौडधुप भयो, आराम गर्न पाएन अस्वस्थ्य भएपछि उनी भर्ना भएकी अध्यक्ष श्रेष्ठले बताइन् ।