काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विद्यालय शिक्षा विधेयक जारी गरेर शिक्षकहरूको घरमै पठाउने बताएका छन् ।



शिक्षक महासंघ सहमति भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले विधेयक अब शिक्षकहरूको घरमै पुर्याउने बताएका हुन् ।
’तपाईहरू ऐन लगेर मात्रै फर्किन्छौ भनेर आउनुभएको थसयो । अब हामी ऐन तपाईंहरूको घर घरमै पुर्याउँछौ,गृहमन्त्री लेखकले भने ।

अब विधेयक जारी गर्ने विषय शिक्षा समिति र सचेतकहरूको हातमा रहेको बताए । त्यसका लागि नेपाली कांग्रेस र एमालेका सचेतकहरूले प्रतिबद्धता जनाएका छन् । सोही अनुसार असारको १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गरिने बताए ।












